सर्वदलीय बैठक : संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दललाई आह्वान

तस्बिर रासस प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको आजको सर्वदलीय बैठकले संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकका निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् निरन्तर अवरुद्ध हुँदा नियमित कामका साथै जनअपेक्षासमेत प्रभावित भएकाले जननिर्वाचित संस्थालाई…