छुवाछूत कसुरमा वडाध्यक्षलाई चार महिना कैद, ७५ हजार जरिवाना

पोखरा महानगरपालिका-२४ (कास्की)का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ । जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा अधिकारीलाई अदालतले सो बमोजिमको आदेश गरेको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको हो । अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार…