प्रधानमन्त्री सुदूरपश्चिम क्षेत्रमा : बाढी-पहिरोपीडितका लागि तत्काल राहतको व्यवस्था गरिने प्रम देउवाको प्रतिबद्धता

डम्बर निदाल, डडेल्धुरा बाढीपहिरोले गरेको क्षतिको अवलोकन गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल बाढी र पहिरो पीडितका लागि राहतको व्यवस्था गर्ने बताएका छन् । बिहीबार डोटी, बैतडी र बझाङसहित गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति देउवाले सबै क्षेत्रमा क्षति पुगेको जनाउँदै पीडितहरूलाई तत्काल खाद्यान्न र लुगाकपडाको व्यवस्था गर्ने बताए ।…