जयनगर-कुर्ता सीमापार रेलमार्ग हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर-कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभयो । आजैदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल…