पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

तस्बिर : रासस पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई. लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभएको छ । समझदारीसँगै एनआरइएनले एसिया…