भारत सरकारले उसिना चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने

विश्वव्यापी मूल्यमा थप वृद्धि हुने सम्भावना भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ । आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले त्यहाँको अर्थ मन्त्रालयले गत शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो । सम्बद्ध अधिकारीहरूका अनुसार निर्यात शुल्क तत्काल कार्यान्वयन गरी आगामी अक्टुबर ३१ सम्म लागु हुनेछ ।…