✍ नारायण घिमिरे शास्त्रीय योग ग्रन्थहरू अनुसार शरीरमा बहत्तर हजार नाडीहरू हुन्छन् । तिनै नाडीहरूले सूक्ष्म शरीरलाई भौतिक ऊर्जा दिन्छ। नाडीहरू स्नायुहरूको मेटाफिजिकल सूक्ष्म टेम्प्लेट हुन् । मन भने मस्तिष्कको मेटाफिजिकल सूक्ष्म टेम्प्लेट हो। मनमोहक तर जटिल चित्र कोर्ने क्रममा एक चित्रकारले चित्र तैयार बनिसकेपछि अदृश्य रहने प्रशस्त निहित तथा काल्पनिक रेखाहरू कोर्ने गर्दछन् ।…