धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्रीद्वारा आजदेखि हनुमान कथा प्रवचन गरिँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदै छ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नुहुने चौधरी समूहका प्रबन्धक रामचन्द्र धितालले जानकारी दिएका छन् । “शास्वतधाममा शनिबारदेखि सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुने…