बालुवाटारस्थित सरकारी स्वामित्वको सबैभन्दा बढी जग्गा (ललिता निवास) कब्जा गर्ने मध्येका एक ब्यक्ति मारवाडी ब्यापारीहरूको संस्थाको प्रमुख भएको जानकारीमा आएको छ । संस्थाको प्रमुख कैलाशचन्द्र गोयलले १६ रोपनी जग्गा आफूसँग राखेको पाइएको छ । गोयल समेतको नाममा रहेको ‘डीएफएल डेभलेपर’ कम्पनीको नाममा उक्त जग्गा राखेको बुझिएको छ । यतिबेला कैलाश गोयल र निजका भाइ श्रवण…