दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने कृषिमन्त्रीको प्रतिवद्धता

कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई तिर्न बाँकी भुक्तानीका लागि पहल भइरहेको बताएका छन् । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३०औँ वार्षिक साधारणसभाको सोमबार पोखरामा उद्घाटन गर्दै उनले एक÷डेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । 'उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर समस्या समाधानका लागि पहल गरिरहेका छौँ…