पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको भाउ अब लिटरकै रु १९९

रसिया युक्रेन युद्धलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ । गएराति १२ बजेदेखि लागू भएको नयाँ मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल तथा मट्टितेललाई १९२ रुपैयाँ…