बनेपाका एक हजार घरमा ‘कौसीखेती’ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले शहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नगरस्थित वडा नं ७ बाट तालिम प्राप्त परिवारका महिलालाई आवश्यक सामग्री एवं बीउबिजन वितरण थालेको छ । उक्त शाखाले कौसीखेती प्रवर्द्धनका तीन वर्षको अवधिमा…