नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्किल फाइबर नेटवर्क विस्तार गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार (१८ पुस) आयोजित एक कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा प्राधिकरणका…