धादिङ र गोरखाका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको तत्काल निर्धारण गर्न आग्रह गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज सिंहदरबारमा भएको छलफलमा उनीहरुले मुआब्जा निर्धारण भएको क्षेत्रका वितरण प्रक्रियालाई तीव्र पार्न आग्रह गरेका थिए । धादिङको खहरे बजार र गोरखाको आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारण…