आशलाग्दा ‘युवानेता’हरूको नियति

राष्ट्रिय एकता र मेलमिलापको नीति अघि सार्दै बीपी कोइराला भारत प्रवासबाट स्वदेश फर्किनुभएको पुस १६, अर्थात् नेपाली काङ्ग्रेसले मान्दै आएको ‘राष्ट्रिय मेलमिलाप दिवस’को दिन पारेर काङ्ग्रेसको तेस्रो पुस्ताका आशलाग्दा नेताका रूपमा चर्चित सात ‘युवानेता’को एक सामूहिक अपिल सार्वजनिक भयो । उक्त पाँचबुँदे अपिलको मूल उद्देश्य तत्काल केन्द्रीय कार्यसमिति, महासमितिको बैठक र विशेष महाधिवेशन आह्वानका लागि…