महरा-महिला सम्बन्ध : आफ्नै ‘माइन्ड’ आफूविरुद्ध लाग्दा

■ बबिता बस्नेत प्रायः गम्भीर मुद्रामा देखिने निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप र उहाँको वर्तमान अवस्था हेर्दा जोकोहीलाई सिनेमा हेरिरहेझैँ लाग्छ, लागिरहेको छ । मानिसको जीवनमा कहिलेकाहीँ सोच्दै नसोचेका घटनाहरू हुन्छन्, त्यस्तै नसोचिएकोमध्ये आँखैअगाडि भएको एउटा घटनाको रूपमा यसलाई लिन सकिन्छ । अलिकति अगाडिसम्म राज्यको उच्च ओहोदामा रहेका व्यक्ति अकस्मात् बलात्कारीको रूपमा विश्वव्यापी हुँदा…