द्वन्द्वको भोगाइले भन्छ- विप्लवलाई प्रतिबन्ध नलगाऊ !

चित्र केसी देशमा माओवादीको चर्को सशस्त्र युद्ध चलेको थियो । स्याङ्जा, डोल्पालगायतका जिल्ला प्रहरी कार्यालयमा आक्रमण भइसकेको थियो । धेरै प्रहरी मरिसकेका थिए । त्यस्तो संवेदनशील अवस्थामा कताकता मलाई पनि प्रहरी अधिकृतमा जाने सोच पलायो । भर्खरै बीएको परीक्षा दिएर बसेको थिएँ, प्रहरी सहायक निरीक्षकको आवेदन खुलेको रहेछ, प्रहरी तालिम केन्द्र प्रतिष्ठान महाराजगञ्जमा । गएर…