हाइप्रोफाइल मृत्यु : राजकीय सम्मान कसलाई ?

बबिता बस्नेत जिन्दगी र मृत्युबीच एकसरो सासको अन्तर हुन्छ । भित्र गएको सास बाहिर आएन या बाहिर भएको सास भित्र गएन भने केहीछिन अघिसम्मको जिउँदोजाग्दो मानिस एकैछिनमा लासमा परिणत हुन्छ । कुनै पनि बेला मृत्युको सम्भावना साथमा राखी मानिस आफूले संसार धानिरहेको छु र यो संसार मेरै कारणले चलिरहेको छ भन्ने भ्रम बोकेर हिँडिरहेको हुन्छ…