ट्रेडयुनियन कार्यकर्ताको भूमिकामा ‘न्यायकर्मी’हरू !

चोलेन्द्रशमशेर एकजनाकै कारण न्यायपालिका बदनाम भयो, चेलेन्द्रबिनाको न्यायालय स्वच्छ बन्नेछ भन्नु कथित रूपमा ‘न्यायालयको शुद्धिकरण’मा खटिएका पात्रहरूले आफैलाई छल्न खोज्नु मात्र हो । प्रधानन्यायाधीशविरुद्ध अशोभनीय अवज्ञा प्रकट गरेर कस्तो न्यायालयको परिकल्पना गरिरहेका छन् न्यायमूर्तिहरूले ? अनि, न्यायाधीश कसरी हट्छ भन्ने कानुनी ज्ञान नभएरै कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् भने योभन्दा विडम्बनाको विषय अर्को के होला…