आफ्ना विचार–सिद्धान्तअनुरूपको राजनीतिक परिवर्तन ल्याउन विगतमा काङ्ग्रेस–कम्युनिस्टले जे–जस्ता ‘अस्त्र’ प्रयोग गरेका थिए, अहिले त्यही अस्त्र उनीहरूका निम्ति ‘काउसो’ बन्न पुगेको छ । विगतमा परिवर्तनलाई निकट तुल्याउन काङ्ग्रेस–कम्युनिस्टले आफ्नै मुलुकलाई नाकाबन्दी गराउन राजी भएकोमा वर्तमान संविधान जारी भएलगत्तै आफैँले नाकाबन्दीको सामना गर्नुपरेको थियो । त्यस्तै आन्दोलनलाई उत्कर्षमा पुऱ्याउन उनीहरूले चिकित्सकहरूलाई समेत पटक–पटक हडतालमा उतारेका थिए ।…