साल्ट ट्रेडिङको सम्पत्तिलाई शेयरमा परिणत गर्न चलखेल !

केही व्यक्तिको उक्साहटमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई धराशायी तुल्याउने चलखेल शुरु भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थापनाकालदेखि सहज रूपमा नेपाल सरकार र भारत सरकारको अनुदान सहयोगमा जनतालाई पुऱ्याइरहेको सेवा–सुविधामाथि उनीहरूको गिद्धेदृष्टि परेपछि यस्तो चलखेल शुरु भएको बुझिएको छ । यसै विषयलाई लिएर लिमिटेडको सम्पत्तिलाई शेयरमा परिणत गर्दै जन–जनमा पुऱ्याउनुपर्छ भन्दै अर्थ मन्त्रालयमा निवेदन…