प्रारम्भिक शिक्षा कान्ति ईश्वरी विद्यालयमा भएपछि माध्यमिक शिक्षाका निम्ति दीपेन्द्रलाई बुढानीलकण्ठ स्कुलमा भर्ना गरिएको थियो । दीपेन्द्र पढाइमा तेज थिए । बुढानीलकण्ठ स्कुलमा भर्ना गरिएपछि उनलाई त्यहीँको छात्रावासमा रहने व्यवस्था मिलाइएको थियो । उनी छात्रावासको पुमरी हाउसमा बस्ने गर्थे । नियमित पढाइबाहेक फुटबल, घोडचढी र सुटिङमा दीपेन्द्रको विशेष अभिरुचि थियो । स्काउटमा पनि उनी निकै…