काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको छ । महानगरले २५ करोड रुपैयाँ लागतमा खाल्डाखुल्डी पुर्न लागेको हो । त्यसका लागि ठेक्का आह्वान गरिसकेको महानगरपालिकाले जनाएको छ । यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने महानगरको योजना छ । महानगरपालिकाले भित्री सडक फराकिलो बनाउन योजना पनि अघि बढाएको…