नवयुवराज हृदयेन्द्रलाई इच्छाविपरीत अमेरिका लगिँदै

अन्ततः पूर्वयुवराज्ञी हिमानीले आफ्ना पुत्र नवयुवराज हृदयेन्द्रलाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका नै पठाउनुहुने भएको छ । आमनेपालीका छोराछोरी १२ कक्षा उत्तीर्ण हुनेबित्तिकै अध्ययनका लागि विदेश जाने गरेको र, त्यसबाट नेपालको अर्थतन्त्रमा समेत ठुलो क्षति पुगिरहेको सन्दर्भमा राजपरिवारका पूर्वसदस्यहरूले स्वदेशमै पढाएर समाजमा बेग्लै सन्देश दिने अपेक्षा गरिएको थियो । तर आम युवाहरूमध्ये कतिलाई परिवारका सदस्यहरूले…