अमेरिकाले नेपालको भौतिक एवम् आर्थिक विकासमा योगदान दिन खोज्नुको कारण पनि नेपाली जनतामा अमेरिकाप्रतिको सद्भाव र विश्वास वृद्धि होस् भनेर नै हुनुपर्छ । तर यससम्बन्धी सम्झौतामा उल्लिखित कतिपय प्रावधानले दुई मुलुकबीचको मधुर सम्बन्धलाई स्खलित तुल्याउँछ भने सम्झौता शर्तनामाहरूमा संशोधन गरी सहयोग उपलब्ध गराउन या सहयोग दिने निर्णयमा पुनर्विचार गर्न अमेरिकाले ढिलाइ गर्नु उपयुक्त होइन ।…