हिमानीलाई रेष्टुरेन्टहरूमा लगेर ट्रष्टका लागि पैसाको जोहो गर्न लगाउनुलाई कतिले धुर्मुस-सुन्तली मार्काको समाजसेवामा संलग्न गराइयो भन्ने टिप्पणी पनि गरेका छन् । नेपालको राजपरिवारमा पूर्वयुवराज्ञी हिमानी शाहप्रति नेपाली जनताको फरक दृष्टिकोण छ । पूर्वयुवराज पारससँग विवाह गरेका कारणले युवराज्ञी पद प्राप्त भए पनि उहाँलाई पारसभन्दा फरक रूपमा हेरिन्छ । हिमानी ट्रष्टको स्थापना गरी समाजसेवामा संलग्न भएपछि…