मेन्सेभिक क्रान्ति !

■ दीपेन्द्र पाण्डे ईश्वरको ठाउँमा इतिहासलाई प्रतिस्थापन गर्ने कार्ल माक्र्सले पुँजीवादलाई नाशवान देखे । सामाजिक गठनको ऐतिहासिक व्याख्या गर्ने माक्र्सले पुँजीवादको विकल्प समाजवाद देख्न पुगे । माक्र्सद्वारा प्रतिपादित सिद्धान्तलाई कम्युनिस्ट राजनीतिमा स्थापित गर्न भ्लादिमिर लेनिनले जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धतिको विकास गरे । समाजवादी क्रान्तिका नायक लेनिनले कम्युनिस्ट पार्टीको सञ्चालन विधि जनवादी केन्द्रीयता हुने बताए पनि…