यसरी भयो माथवरसिंहको हत्या

जंगबहादुरको चित्त बुझाउन सकियो भने जस्तोसुकै गाह्रो–साँगुरो काम पनि उसबाट गराउन सकिन्छ भन्ने गगनसिंहलाई राम्ररी थाहा थियो । माथवरसँग बदला लिन आगोझैँ जलिरहेका गगनसिंह जंगबहादुरलाई प्रयोग गरेर माथवरसिंहको हत्या गराउने षड्यन्त्रमा लागे । माथवरसिंहसँग जंगबहादुरको खटपट भएको केही समयमै एक दिन गगनसिंह माथवरसिंहका विरुद्ध रचेको षड्यन्त्रको विवरण सुनाउने आशयले राति नौ बजे रानीको खोपीमा गए…