खोप होइन, आवश्यकता प्राकृतिक प्रतिरक्षणको !

(२० वर्षअघिको 'घटना र विचार साप्ताहिक'बाट) डा. हरिप्रसाद पोखरेल आज खोपको लहर चलेको छ । विश्वभर जताततै विविध खोपका दिवस, सप्ताह र वर्षभरिका रङ्गीचङ्गी कार्यक्रमहरू विज्ञापनको आकर्षक भाषामा खोप उत्पादक व्यवसायीले प्रचार गरेजस्तै स्वास्थ्य संस्थाहरूद्वारा प्रचारप्रसार भइरहेको छ । केही महिनाअगाडिको कुरा हो, शायद पोलियो थोपाको साप्ताहिक कार्यक्रम जताततै चलिरहेको थियो, म मद्रासबाट काठमाडौं आउन…