न्युयोर्कमा दौरासुरुवालसँगको जम्काभेट

बबिता बस्नेत ०७५ फागुन १२ गते शनिबार न्युयोर्कको भिडभाडयुक्त ट्रेन स्टेसनमा साठी आसपासका लाग्ने एक व्यक्ति दौरासुरुवालमा ठाँटिएर ट्रेन कुरिरहेका थिए । खल्तीमा राखेको उनको मोबाइल बाहिर प्रस्ट देखिएकाले कसैले फुत्त तानेर लगिदेला कि जस्तो लागेर उनलाई हेर्दै भनेँ, ‘मोबाइल अलि भित्र राख्नुस् न, बाहिरै देखिइरहेको छ ।’ उनले मोबाइल मिलाउँदै गर्दा साथमा रहेकी उनकी…