नेपाल भ्रमणमा आएका अफगान तथा जर्मनहरूसँगको भेटवार्ताका क्रममा एक अफगान उच्चाधिकारीको कुराले नेकपाका सहअध्यक्ष प्रचण्डको छटपटी बढाएको जानकारी प्राप्त भएको छ । विदेशीसँगको भेटवार्ताका क्रममा हिंसात्मक युद्ध गरेर शान्तिप्रक्रियालाई टुङ्गोमा पुऱ्याएकोले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको बताउने गर्दै आएका प्रचण्डले हालै भारतको भ्रमणका क्रममा आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने धारणा पटक–पटक प्रकट गरेका थिए…