प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण विपद्ले सिर्जना गरेको विषम परिस्थितिमा राहत तथा उद्धारमा सहयोग गर्न सरकारी तथा निजी क्षेत्र सबैलार्ई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (१५ असोज) आयोजित पत्रकार सम्मेलनमा उहाँले यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिराले ठूलो धनजनको क्षति पुर्याएको उल्लेख गर्दै उद्धार…