माओवादी पार्टीहरूबीच छिट्टै एकता हुने प्रचण्डको जिकिर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने जिकिर गरेका छन् । चितवनको भरतपुर महानगरपालिका-१३ मा शनिबार (३ कात्तिक) आयोजित पार्टीको एक कार्यक्रममा उनले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिए । माओवादी विद्रोहको समयमा बेपत्ता भएका दण्डपाणि न्यौपानेको स्मृतिमा भवन निर्माणार्थ…