टिआरसी विधेयक पारित, दिगो शान्ति स्थापनाको उद्देश्य पूरा हुने विश्वास

प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पारित भएको छ । प्रतिनिधिसभाको बुधबार (३० साउन) को बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो । विभिन्न राजनीतिक दलका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्यहरूले टिआरसी विधेयकले…