माओवादीबाट एमाले प्रवेश गरी पार्टीबाटै निकालिएका प्रभु साह को हुन् ?

इन्दिप कोइराला, बारा पार्टी साधारण सदस्यसमेत नरहने गरी एमालेको कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट ३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि साह विवादमा आएका हुन् । पार्टीविरोधी गतिविधि गरेको आरोपमा एमालेले शुक्रबार साहसहित तीन नेतालाई कारबाही गरेको छ । जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने…