मार्क्सवाद र वामपन्थवाद छोडेर गैह्र कम्युनिष्ट आन्दोलनमा सहभागी भएको दाबी गर्दै अनेक नामका दल खोल्दै भौँतारिएका बाबुराम भट्टराईप्रति माओवादी अध्यक्ष प्रचण्डको मोह रहश्यपूर्ण ढङ्गले अधिक देखिएको छ । बाबुरामलाई जसरी भए पनि संसद्भित्र प्रवेश गराउने बाह्यशक्तिको इच्छा र इसाराका कारणले मात्र भट्टराईप्रति प्रचण्ड सकारात्मक रहेको ठानिँदैन । पूर्व माओवादीहरू जतिलाई एकतावद्ध गराउने उद्देश्यले मात्र प्रचण्डमा…