सत्तारुढ नेकपाको सचिवालय बैठक मङ्सिर ३ गते पुनः बस्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बसेको सचिवालय बैठक आगामी मङ्सिर ३ गते बस्ने गरी सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । पछिल्ला दिनमा पार्टीको शीर्ष तहमा उत्पन्न विवादबारे छलफल गर्न आयोजित बैठक आज संक्षिप्त रुपमा मात्र बसेको बताइएको छ । नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस…