काङ्ग्रेसका बाह्र नेताद्वारा सङ्कटको मौका छोपी भ्रष्टाचार गर्नेमाथि कारवाही गर्न माग

नेपाली काङ्ग्रेसका एक दर्जन युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ लम्ब्याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझावसहित अपिल गरेका छन् । काङ्ग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ…