गठबन्धनबाट कार्यकर्तालाई धोका भएको भन्दै जसपा नेताद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मोरङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको जानकारी दिएका हुन् । नेता यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्ने पनि जनाएका छन् । मोरङका प्रभावशाली नेता रहेका यादवले विराटनगरमा पार्टी बलियोे अवस्थामा हुँदासमेत गठबन्धन…