काङ्ग्रेस संस्थापन पक्षबाट लचकताको सङ्केत

■ भीष्मराज ओझा नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरूलाई सहमतिका साथ अघि बढ्न सुझाव दिनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’मा उहाँहरूले केन्द्रीय नेतृत्वलाई सहमतिका साथ एक ठाउँमा बसेर चौधौँ महाधिवेशनको तयारीमा जुट्न सुझाव दिनुभएको हो । साथै जिल्ला सभापतिहरूले…