अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

भारतसँग नेपालको सीमा विवाद सदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नतिर सरकार लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार मन्त्रिपरिषद्का सदस्य र सचिवलाई निर्देशन दिँदै उहाँले भारतसँग मिचिएको भूमि संवाद गरी फिर्ता लिइने बताउनुभयो । ‘अहिले नयाँ शिराबाट कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरा उठेका छन्’, उहाँले भन्नुभयो, ‘त्यो हाम्रो भूमि हो…