उपनिर्वाचनका लागि कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज (३ मंसिर) आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका युवाविद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ सार्वजनिक गरेका हुन् । ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहितको २२ पृष्ठको प्रतिबद्धतापत्रमा प्रतिपक्षीका रूपमा पार्टीको २१…