विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । आज एक विज्ञप्ति जारी गरी दर्शनाले पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाएकी छन् । पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी उनले पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् । 'म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको…