आइतबार काङ्ग्रेसको चियापन समारोह

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोलि आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । वि. सं. २०३३ मा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ । काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै…