प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने, प्रचण्डको टुङ्गो छैन

file photo प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन पुगी महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट शुक्रबार बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्ने चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिएका छन् । नारायणी नदी…