कांग्रेस महाधिवेशन आगामी चैत-वैशाखमा गर्न नेता शेखरको सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने जिकिर गरेका छन् । कांग्रेसको सुनसरी-काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा उनले कोरोना भाइरस सङ्क्रमण कारण निर्धारित समयमा गर्न नसकिए आगामी चैत-वैशाखसम्म भए पनि सम्पन्न गर्नुपर्ने धारणा राखेका हुन् । महाधिवेशन समयमा गर्नुपर्ने भए पनि पार्टी नेतृत्व अल्मलिएको जस्तो…