नेकपा बैठक : सहमति नजुटेपछि ‘प्रस्ताव फिर्ता लिने विषय’ स्थायी कमिटीमा

नेकपा स्थायी कमिटी बैठक आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटीमा लगिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीमा लैजान लागिएको हो । स्थायी कमिटीको बैठक यही मङ्सिर २१ गते दिउँसो १ बजेका लागि…