नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका नुवाकोट जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाल पक्राउ परेका छन् । सिलवाललाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए । नुवाकोटको विदुर…