विदेश मामिलाका जानकार एवं नागरिक समाजका अगुवाले देशको हित र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी पर्याप्त छलफल गरेर मात्र अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) संसद्बाट अनुमोदन गर्न सुझाव दिएका छन् । इन्स्टिच्यूट फर स्टाटेजिज् एण्ड सोसियो–इकोनमिक रिसर्चद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ विषयको अन्तक्र्रियामा सहभागी वक्ताले उक्त परियोजनाका लागि नेपालले नै प्रस्ताव गरेको…