नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्र राजधानीको एक पार्टी प्यालेसमा आज बिहानदेखि शुरु भएको छ । बन्दसत्रमा महामन्त्री डा. शशांक कोइरालाले ‘सांगठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेस गरेका छन् । उनीहरूले पेस गरेका तीनवटै प्रस्तावमाथि समूहगत रूपमा छलफल सुरु गर्ने तयारी कांग्रेसको छ । प्रतिवेदनमा…