नेपाली कांग्रेसको काठमाडौंमा जारी महासमिति बैठक लम्बिने भएको छ । केन्द्रीय कार्यसमितिले महासमिति बैठकमा पेश गर्नुपर्ने विधान संशोधनको मस्यौदामा सहमति जुटाउन नसकेका कारण बैठक पूर्व निर्धारित समयभन्दा लम्बिने भएको हो । मस्यौदाका विवादित विषय टुंग्याउन कार्यदल सोमबार कार्यदलस्तरमा छलफल भए पनि सहमति जुट्न नसकको नेताहरुले जानकारी दिएका छन् । अन्तिम प्रयास भन्दै मस्यौदाबारे केन्द्रीय समितिमा…