सार्वजनिक लेखा समितिको सभापतिमा शाह निर्विरोध

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् । समितिको आजको बैठकमा समिति सदस्य राजेन्द्रकुमार केसीले रुपन्देहीका शाहलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमाथि सांसद मीना सुब्बाले समर्थन गरेकी थिइन् । सो प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिको सभापतिका लागि…