यसरी उल्टाइयो देउवा सरकरको निर्णय, राष्ट्रियसभामा तीन अलग्गै नाम सिफारिस

देउवा सरकारले गरेको सिफारिस खारेज गर्दै ओली सरकारले राष्ट्रियसभामा तीन अलग्गै नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विना पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ । मन्त्रिपरिषदबाट सिफारिस गरिएका यि नामका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने प्राब्धान रहेको छ…