मन्त्रीमण्डल विस्तार रोकेर ‘संशोधन’मा केन्द्रित

कांग्रेस–माओवादी गठबन्धनको वर्तमान सरकारले तराईकेन्द्रित समूह राष्ट्रिय जनता पार्टीको मागबमोजिम संविधान संशोधनका लागि ‘अन्तिम प्रयास’ गरिरहेको छ । जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, भाषा र नागरिकतालगायतका विषयमा विद्यमान संविधानमा रहेको व्यवस्था परिवर्तन गर्ने माग राजपाले गर्दै आएको छ । यसअघि प्रदेशहरूको सीमा हेरफेर गरी तराईबाट पहाडी भूभाग अलग गर्ने मागलाई मुख्य जोड दिने तराईकेन्द्रित नेताहरू पछिल्लो समयमा…